Logo

प्रमुख समाचार

भ्रष्टाचारका घटनाहरु छानबिनमा अख्तियार निकै कमजोर भयो : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार काण्डका सबै फाइल खोल्नुपर्ने बताएका छन् । ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफ्नो नाम जोडिएकाले छानबिनका लागि आफू तयार नै हरेको पनि उनले बताए ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । ‘मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो । ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतबस नभई मन्त्रिपरिषद्को निर्णय हो’, उनले भने, ‘यो प्रकरणमा मेरो नाम जोडिएको हुँदा छानबिन होस् म तयार नै छु ।’

डा. भट्टराईले नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरू भ्रष्टाचार न्यूनीकरणमा खासै क्रियाशील नभएको आरोप लगाए । उनले भ्रष्टाचारका घटनाहरु छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कमजोर भएको बताए । ‘गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको छ’, उनले भने, ‘भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने छ । एक एक घटना नभएर सबै घटना र काण्डहरू बाहिर ल्याउनुपर्छ । अख्तियार निकै कमजोर भएको छ ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १४:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।