Logo

प्रमुख समाचार

मध्यरातमा पृथ्वीनारायण शाहको शालिक हटाउनु निन्दनीय : अध्यक्ष लिङ्देन 



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पोखराको पृथ्वी (लखन) चोकबाट पृथ्वीनारायण शाहको शालिक हटाइएकोप्रति खेद प्रकट गरेका छन् । मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा यस्तो काम हुनु दुःखद निन्दनीय रहेको लिङ्देनको टिप्पणी छ ।

अध्यक्ष लिङ्देनले पृथ्वीनाराणण शाहको शालिक तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक हटाउनु दुःखद् र निन्दनीय छ।’, अध्यक्ष लिङ्देनले सामाजिक संजालमा खेलेका छन्, ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरयौं तिनै राजाको शालिक हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो। पोखराको पृथ्वी चोकबाट हटाइएको शालिक तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

सहिद लखन थापाको शालिकमुनि रहेको पृथ्वीनारायणको शाहको प्रतिमा बुधबार गायब भएको हो । त्यसपछि राप्रपा कार्यकर्ताले बुधबार साँझ नाराबाजीसँगै प्रदर्शन पनि गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १८:००   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।