Logo

प्रमुख समाचार

सुनिल शर्माले गरे आरजूलाई प्रधानमन्त्री बनाउने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले पार्टी नेतृ डा आरजू राणा देउवालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छन् ।

उनले नेतृ देउवा सक्षम महिला भएको भन्दै पहिलो महिला प्रधानमन्त्री बनाउन आफू लाग्ने बताए ।

आरजूलाई प्रधानमन्त्री बनाए कांग्रेसभित्रको द्वन्द्ध पनि समाप्त हुने कांग्रेस नेता शर्माको दावी छ । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा दाई, गगन थापा, डा। शेखर कोइराला मिलेका दिन कांग्रेसभित्रको द्वन्द्ध पनि सकिन्छ ।’

उनले डा। आरजू आफ्नो अभिभावक भएको बताए । ‘उहाँ मेरो अभिभावक हो । उहाँ छिट्टै प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने ।

कांग्रेस नेता शर्माले सभापति देउवाले माया गरेर आफूलाई सांसदको टिकट दिएको बताए ।

नक्कली शैक्षिक प्रमाणपत्रमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

२४ घण्टा प्रहरी हिरासतमा रहेका शर्मालाई शुक्रबार काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहाई गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार ०८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।