काठमाडौं । विभिन्न प्रकरणमा आफ्ना पार्टीका आरोपितलाई जोगाउने तर साझेदार दलका नेताहरूका सन्दर्भमा भने कडा रुपमा प्रस्तुत हुने नेकपा माओवादी केन्द्रको नीतिले सत्ता समीकरण फेरबदलको अनुमान लगाउन थालिएको छ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महरा र उनका छोरा राहुलालाई अनुसधानको दायरामा नल्याएको तर कांग्रेस, एकीकृत समाजवादीलगायतका नेतारूको सन्दर्भमा उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।
साथै सत्तारुढ दल कांग्रेसकै कतिपय नेताहरूले सत्ता समीकरणमा फेरबदल हुन सक्ने अभिव्यक्ति दिँदै आएका छन् । यस सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकार नरहेको बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोधिएको प्रश्नमा नेता नेपालले पार्टीहरूभित्र त्यसप्रकारका कुरा उठे पनि आफूलाई त्यसबारे अहिले नै कुनै जानकारी नभएको बताएका हुन् ।
‘यस सम्बनधमा मलाई कुनै जानकारी छैन । पार्टीहरूभित्र कुराकानीहरू उठ्न पनि सक्छ । विषयवस्तुहरू अनेक ढङ्गले उठाइएको हुनसक्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यसको आधिकारिक जवाफ यो विषय उठाउने पार्टीका मान्छेहरूले दिन सक्नुहुन्छ ।’
उनले आफू नेपाल आएपछि कांग्रेस लगायतका नेताहरूसँग भेटघाट गर्ने र त्यसपछिमात्र धेरै कुरा थाहा हुने बताए । ‘अब म यहाँ आएको छु । नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका नेताहरूसँग भेटघाट होला । उहाँहरूको कुरा सुनिसकेपछि मात्रै बल्ल बताउन सक्छु’, अध्यक्ष नेपालको भनाइ छ ।
लालिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा स्वयं अध्यक्ष नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरमा ल्याउन भनिसकेको छ । अदालतको आदेशपछि युरोप भ्रमणमा गएपछि उनको आलोचना हुँदै आएको थियो । त्यसपछि नेपाल युरोप भ्रमण छोट्याएर सोमबार स्वादेश फर्किएका हुन् ।
उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।




















प्रतिक्रिया