काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात खोल्नुपर्ने बताएका छन् । उनले सुनको आयात खुलाको नीति नहुँदा तस्करी मौलाएको र यसको दीर्घकालीन निराकरण कर लगाएर आयात खोल्दा मात्र हुने बताए ।
संसदीय दलको बैठकलाई सोमबार सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले यस्तो धारणा राखेका हुन् । न्यूनतम कर लगाएर सुन आयात नखोलिए तस्करी अझ बढ्ने उनले बताएका एक नेताले जानकारी दिए ।
क्विन्टल सुन तस्करीको विषयमा छानबिन माग गर्दै एमालेले संसद अवरोध गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बसेको हो ।




















प्रतिक्रिया