Logo

प्रमुख समाचार

संसद्‍मा साेमबार पनि एमालेकाे अवराेध कायमै, बैठक भदौ ३ गतेसम्मलाई स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (सोमबार) पनि सदनमा अवरोध गरेको छ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद सुन प्रकरणबारेकाे सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

संसद अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १५:२९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।