Logo

प्रमुख समाचार

एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, कुन प्रदेशको कहिले ?



काठमाडौं ।  नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ । जस अनुसार आगामी भदौ १६ र १७ गते, मधेश प्रदेशमा असोज ५ र ६ गते, वाग्मती प्रदेशमा असोज ८ र ९ गते‚ कर्णाली प्रदेशमा असोज १० र ११ गते, कोशी प्रदेशमा असोज १२ र १३ गते, गण्डकी प्रदेशमा असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गतेका लागि अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १६:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।