Logo

प्रमुख समाचार

संसद् ‘हाइज्याक’ भयाे : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ ‘हाइज्याक’ भएको टिप्पणी गरेका छन् ।

सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘संसद हाइज्याक भयाे ।’ एमालेले संसदमा नाराबाजी गरेपछि लामिछानेले आक्राेष व्यक्त गरेका हुन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ थियो ।

सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरूले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका थिए । यता एमाले सांसदहरूले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने टेबल ठोकेर ध्यानाकर्षण गराउन खोजेका थिए ।

सोमबार संसद्‍ सुरु भएसँगै कांग्रेसका सांसद सुनील शर्मा र एमालेका सांसद मानवीर राईले बोलेपछि सभामुखले नियमित तालिका अनुसार सदन चलाउन खोज्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए । एमालेको विरोधसँगै सोमबारको बैठक पनि स्थगित भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १६:४७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।