Logo

प्रमुख समाचार

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज पनि बस्दै



काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ ।

संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी परेका कारण हिजोको बैठकमा सहभागी भएनन्। बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आज फेरि बस्ने गरी सकिएको थियो।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १२:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।