Logo

राजनीति

कोशी : प्रदेशसभाको अध्यक्षता गर्ने कांग्रेस सांसद मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले गर्ने भएका छन् । उपसभामुख सृजना दनुवारले बिरामी भएको पत्र पठाउँदै सभा चलाउने जिम्मा मन्सुरीलाई दिएका थिए । उपसभामुख दनुवारकाे पत्रपछि बिहान अलमलमा परेका मुख्मन्त्री थापाले आजै विश्वासकाे मत लिने भएका छन् ।

ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तर उनले मुख्यमन्त्री थापालाई विश्वासको मत पनि हाल्ने भएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले मन्सुरीले प्रदेशसभाको अध्यक्षता पनि गर्ने अनि विश्वासको मत पनि हाल्ने बताए ।

प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि प्रस्तावमा निर्णायक मत मात्र दिन पाउने संवैधानिक व्यवस्था छ । तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो ।

 

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १४:५९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।