काठमाडौं । नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोले उपसभामुखलाई बिरामी बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले कलाहीन नाटक मञ्चान गरेको टिप्पणी पनि गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न पेस गरेका प्रस्ताव उपर छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन् ।
‘एउता ठूलो राजनीतिक दलले व्यक्त गरेको प्रतिवद्धता थियो सरकारलाई सहयोग गर्छौं । सभामखुलाई दबाब दिँदैनौं भनेको दल अहिले २४ घण्टा नबित्दै उपसभामुखलाई बिरामी पारेर, ९ जना सांसदहरुलाई नाटकीय रुपमा विदा बसाएर एउटा कलाविहीन नाटक गर्यो । जसले प्रणालीमै नकरात्मक प्रधाव पार्ने काम प्रतिपक्षले गर्यो’, उनले भने ।
नेता आङ्बोले व्यवस्था र प्रदेश संरचनालाई सफल बनाउन पनि मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिन आग्रह गरे । ‘प्रदेशेको स्थायित्वका निम्ति, राजनीतिक निकासको निम्ति र यो व्यवस्था र संरचनालाई सफल बनाउन मुख्यमन्त्रीलाई विशवाको मत दिउँ’, उनले भने ।




















प्रतिक्रिया