Logo

प्रमुख समाचार

उपसभामुखको स्वास्थ्य संवेदनशीलतामाथि लान्छनायुक्त टिप्पणी अनुपयुक्त : एमाले



काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका उपसभामुख सिर्जजना दनुवारको स्वास्थ्य संवेदनशीलतामाथि सत्ता गठबन्धनले अनुचित लान्छनायुक्त यिटप्पणी गरेको भन्दै आपत्ति प्रकट गरेको छ । प्रदेशसभाको सोमबारको बैठकमा बोल्दै एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् ।

‘बडो निष्टा र इमान्दारीताका साथ काम गरिरहनुभएका उपसभामुखको विषयमा धेरै चर्चा भयो । उपसभामुखले मत्वपूर्ण र जिम्मेमवार ढगले भूमिका खेल्नुभएको छ’, बैठकमा प्रमुख सचेतक भण्डारीले भने, ‘उहाँले म समयमा बैठक मिति तोक्दिन १३ गते कटाइदिन्छु त भन्नुभएन नी । अनि बिरामी भएर चुपचाप अस्पताल गएर मोवाइल स्वीच्ड अफ पनि गरेर बस्नुभएन । नियम बमोजिम नियुक्त भएका सदस्यहरूलाई सभा संचालन गर्न बाटो खुला गरेर काठमाडौं जानुभयो । तर उहाँको स्वास्थ्य संवेदनशीलतामाथि अनुचित लान्छनायुक्त टिप्पणी अनुपयुक्त छ । उहाँ गंगलाल हृदयरोग केन्द्रमा उपचार गराइरहनुभएको छ । यी सारा प्रमाणहरु पेश भएको खण्डमा सबै बोलकेको कुरा फिर्ता लिनुहुन्छ ? माफी मागनुहुन्छ ?’

प्रमुख सचेतक भण्डारीले अहिले नभएर हिजो सभामुखलाई हस्ताक्षर गराएर सरकार बनाइँदा बरु नाटक मञ्चन भएको टिप्पणी गरे । ‘नाटक मञ्चन आज भयो कि हिजो भयो ?’, उनले भने, ‘सभामुखको पद छँदाछँदै तपाईंहरुले प्रदेशसभा सदस्य भनेर हस्ताक्षर गरेर नेपालको संविधानको खिल्ली उडाएको कुरा इतिहासले बिर्सँदैन । यो मैले भनेको होइन सर्वोच्चले भनेको हो ।’ सभाध्यक्ष गरिरहेका कांग्रेस ज्येष्ठ सदस्य इस्राईल मन्सुरीले पनि विश्वासको मत दिने तयारी रहेकोप्रति खबरदारी गर्दै उनले भने, ‘फेरि पनि संविधानको हुर्मत लिने काम नहोस् ।’

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १७:१०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।