काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अन्य विकल्प नभएर सभाध्यक्षलाई मतदान प्रक्रियामा सहभागी गराइएको बताएका छन् । बैठकको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राईल मन्सुरीलाई प्रयोग गर्दै विश्वासको मत लिएपछि बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मुख्यमन्त्री थापाले भनेने, ‘प्रदेश सभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के थियो र ! प्रदेशलाई सरकारविहिनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’
असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए । उनले भने, ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरु अदालत जानुहुन्छ । सर्वोच्चले व्याख्या गर्ला ।’




















प्रतिक्रिया