Logo

राजनीति

मैले सक्रियता देखाउन खोजेको होइन : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले सर्वदलीय बैठक बोलाएर कुनै सक्रियता देखाउन नखोजेको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले बोलाएको बैठक बहिस्कार गरेपछि उनले यस्तो बताएका हुन् ।

‘सर्वदलीय बैठक राखेर मैले सक्रियता देखाउन खोजेको होइन,’ राष्ट्रपति पौडेलले भने, ‘म पनि लोकतन्त्रका लागि धेरै दु:ख पाएको मानिस हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।’

संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।’

सो क्रममा राष्ट्रपतिले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताए । ‘यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ’, राष्ट्रपतिले भने । राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्यका लागि पहल गर्न सर्वदलीय बैठक राखेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १०:२०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।