काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री रहेकाहरूसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् ।
छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको बताइएको छ । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । गत महिना भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।
सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर विवादस्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको भन्दै केही नेताहरुले आपत्ति जनाएका थिए । यी समग्र विषयमा कांग्रेसका मन्त्रीहरूबीच छलफल भएको हो ।




















प्रतिक्रिया