काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत दर्ज गरेका छन् । अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गर्दै प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनप्रति खनालले असहमति जनाएका हुन् ।
नेता खनालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्यसमेत पुष्टि गर्न नसक्दा नै नेता कार्यकर्ता पलायन भएको दाबी गरे । अध्यक्ष नेपालले प्रतिवेदनमा राखेको एमालेभन्दा आफूहरु फरक भएको ७ बुँदे धारणासमेत स्वीकार्न खनाल तयार भएनन् । खनालले १९ गते बसेको स्थायी कमिटीको बैठकमा पनि १६ पन्ने फरक मत राखेका थिए ।
खनालले नेतृत्वको आलोचना गर्दै एमालेभन्दा फरक देखाउन नसकेको आरोप लगाएका थिए । कांग्रेस र माओवादीकै पछि लागेको कारणले संगठन विस्तारमा कमी भएको उनको राय थियो । उनले आजको बैठकमा पनि त्यही १६ पन्ने धारणालाई दोहोर्याएका हुन् ।
झलनाथकाे १६ पन्ने फरक मत:–
हेर्नुहाेस्, अध्यक्ष नेपालकाे राजनीतिक प्रतिवेदनमा के छ ?




















प्रतिक्रिया