Logo

प्रमुख समाचार

कांग्रेसको निर्वाचन समिति संयोजक नियुक्त, अनुशासन समितिमा को–को भए मनोनीत ?



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा निवर्तमान महान्यायाधिवक्ता एवम् अधिवक्ता खम्मरबहादुर खातीलाई नियुक्त गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य समेत रहेका खातीलाई पार्टी सभापति शेरबहादुर देउवाले संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् ।

यस्तै, सभापति देउवाले केन्द्रीय अनुसाशन समितिमा चार जना सदस्य थप गरेका छन् । सदस्य थपिनेहरूमा ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोईराला छन् ।

अनुसाशन समितिको संयोजक आनन्दप्रसाद ढुंगाना छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।