काठमाडौं । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ मा नेपाली गायिका डा. त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिने भएका छन् ।
गुरुङ त्यसका लागि पाकिस्तान प्रस्थान गरिसकेकी छन् । मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच भोलि हुँदैछ ।
त्यही खेलअघि उनीहरुले राष्ट्रिय गानलगायतको प्रस्तुति दिने भएका हुन् ।





















प्रतिक्रिया