Logo

अर्थ

वित्तीय साक्षरता जागरणका लागि सांग्रिला डेलभलपमेन्ट बैंकको प्रभातफेरी कार्यक्रम



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले गत भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोक हुँदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुनः बुद्धचोकमा पुगेर उक्त प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लस्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति थियो।

यस वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले त्यस क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १२:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।