काठमाडौं । नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । सत्ता गठबन्धनको निर्णय विपरीत कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले दलको नेताबाट राजीनामा दिएका हुन् ।
प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाले बताएका छन् । उनले आफू पदमा रहँदा काम गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिँदै दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।




















प्रतिक्रिया