Logo

अर्थ

गरिमा विकास बैंकको ‘२० प्रतिशत नगद फिर्ता’ योजना सार्वजनिक



काठमाडौं । आउँदै गरेको नेपालीहरुको चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि ‘२० प्रतिशत नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु २०० नगद फिर्ता पाइने छ ।

नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहने बैंकले जनाएको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १७:२६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।