Logo

प्रमुख समाचार

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की शीर्ष नेताहरू भेट्न काठमाडौंमा



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका उनी शीर्ष नेताहरू भेट्न शनिबार नै  काठमाडौं आएका हुन् ।

त्रिभुवन विमानस्थलमा अवतरण भएपछि कार्की सिधै कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगे । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्, त्यसअघि उनी नेताहरु भेट्न काठमाडौं आएका हुन् ।

एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ । तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ ।

यही अप्ठेरोका बीच मुख्यमन्त्री कार्की नेताहरुसँग छलफल गर्न काठमाडौं आएका बताइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार २०:००   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।