Logo

राजनीति

काेशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले भेट देउवा



काठमाडौं । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार मुख्यमन्त्री नयुक्त भएलगत्तै उनी शीर्ष नतोहरुसँग भेट गर्न शनिबार नै काठमाडौं आएका हुन् ।

त्रिभुवन विमानस्थलमा अवतरण भएपछि कार्की सुरुमा नेता शेखर कोइरालाको निवास पुगेका थिए । त्यसपछि देउवालाई भेट्न उनी धुम्बाराहीस्थित देउवा निवास पुगेका हुन् । भेटमा कार्कीलाई देउवाले बधाई दिनुका साथै पार्टीमा सल्लाह गरेको भए हुन्थ्यो भन्ने आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवाले आफूले पहिले नै मुख्यमन्त्री बनाउन खोजेको, तर पार्टीभित्र सहमति हुन नसकेको बताएका थिए ।

मुख्यमन्त्री कार्की आइतबार बिहान ८ बजे शपथ ग्रहणका लागि विराटनगर जानेछन् र फेरि काठमाडौं आउने बताइएको छ । एमालेलाई पनि सरकारमा समेटेर जानुपर्ने बाध्यमा रहेका कार्की मन्त्रिपरिषद् विस्तारबारे सल्लाह गर्न काठमाडौं आएका बुझिएको छ ।

 

  • याे पनि…

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की शीर्ष नेताहरू भेट्न काठमाडौंमा

प्रधानमन्त्री प्रचण्डले भने– ‘काेशीमा केदार कार्की हाम्रै गठबन्धनकाे मुख्यमन्त्री हो’

प्रधानमन्त्री प्रचण्डले भने– ‘काेशीमा केदार कार्की हाम्रै गठबन्धनकाे मुख्यमन्त्री हो’

कोशीको प्रभाव केन्द्रमा पर्न नदिन प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखरबीच कबुलियतनामा

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार २१:०९   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।