Logo

राजनीति

शेखरकाे कोशीको विद्रोहबारे देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दै



काठमाडौं । कोशी प्रदेशमा भएको विद्रोहबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूको बैठक बोलाएका छन् । कोशीमा शेखर कोइराला पक्षले गरेको विद्रोहलगायत समासायिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

धुम्बाराहीस्थित देउवा निवासमा बैठक ४ बजे बस्नेछ । देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।

कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ । कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भएको छ । तर, त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १४:३०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।