Logo

अर्थ

प्रतितोला १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १२:०९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।