विराटनगर । नेकपा एमाले कोशी संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान विराटनगरमा बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बैठकले विश्वासको मत दिने निर्णय गरेको बताए । गत शनिबार एमाले ३९ र कांग्रेसका ८ जना गरी शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज बुधवार बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका छन् ।
फरक गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् भने राप्रपा र जसपाले नदिने जनाएका छन् ।




















प्रतिक्रिया