काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी (जसपा) पनि विश्वासको मत दिने भएको छ ।
कोशी प्रदेशमा जसपाबाट सांसद रहेकी निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिइन् ।
मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने हुँदा प्रदेशसभा बैठक जारी छ ।
मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने कार्कीको विपक्षमा मत दिने भएको छ ।




















प्रतिक्रिया