विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधवारको प्रदेशसभा बैठकमा बोल्दै एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले मध्यावधि निर्वाचनबाट जोगाउन कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका हुन् ।
साथै कार्कीलाई एमालेले मुख्यमन्त्री बनाएको धन्यवाद समेत दिए । एमालेले मुख्यमन्त्री बनाए पनि कार्की गठबन्धनको मुख्यमन्त्रीको भूमिकामा रहने विश्वास व्यक्त गरे । ‘हामीले गठबन्धनको मुख्यमन्त्री बनाउन सकिरहेका थिएनौं । अहिले एमालेले नै गठबन्धनको मुख्यमन्त्री बनाइदिएकोमा एमालेलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु’, राईले भने ।
नेता राईले वर्तमान सरकारले कोशी प्रदेशको नामकरणबारे ध्यान दिने अपेक्षा गर्दै विगतमा सरकारले काटेका योजनाहरूबारे सोच्नुपर्ने बताए ।




















प्रतिक्रिया