Logo

प्रमुख समाचार

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना



काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई ‘माइल्ड हर्टअट्याक’ भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १०:०७   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।