काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नेपालमा राजसंस्था फर्किए आफूहरू जेल जानु पर्ने अवस्था आउने भनी वामदेव गौतमले दिएकाे अभिव्यक्ति भ्रमपूर्ण रहेकाे टिप्पणी गरेका छन्।
शुक्रवार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले फेरि नेपालमा राजसंस्था फर्किएमा राजाले शासन गर्ने र आफूहरूलाई जेल हाल्छन् भन्ने अभिव्यक्तिमा सत्यता नरहेकाे टिप्पणी गरेका हुन्।
‘नेपालमा राजसंस्था फेरि फर्कियो भने राजाले शासन गर्छन् हामीलाई जेल हाल्छन् भन्ने वामदेव गौतमको अभिव्यक्ति भ्रमपूर्ण छ। यतिधेरै आतंकित हुनुपर्ने पनि जरुरी छैन। देशलाई घात गरेकाहरु र भ्रष्टाचार गरेका भ्रष्टाचारीहरु चाहिँ आतंकित हुनु स्वभाविक छ किनकि त्यतिबेला अहिलेजस्तो सेटिङ र मिलेमतोको सुविधा हुनेछैन् ‘, उनले भनेका छन्।
केही दिन अघि गाैतमले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा राजसंस्था पुन: स्थापना भएमा राजाले आफूहरूलाई जेल हाल्ने अभिव्यक्ति दिएका थिए।




















प्रतिक्रिया