Logo

प्रमुख समाचार

रवि लामिछानेको प्रश्न : ‘संक्रमणकालीन न्याय टुंग्याउन कसले रोक्यो ?’



ललितपुर । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमकालीन न्यायको नाममा युद्ध पीडितहरूलाई थप पीडा दिने काम भइरहेको आरोप लगाएका छन् । उहिले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै उनले संक्रमणकालीन न्यायको कामलाई निरुपण गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।

ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्रसंघका महासचिव आउने बेलामा फेरि नेताहरूको भेटघाट बाक्लिएको बताए । ‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे । अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे’, लामिछानेले भने, ‘उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ?’

सभापति लामिछानेले सुनौलो भविष्यको सपना देखाएर जनयुद्धमा हजारौं युवालाई शहीद बनाउने माओवादी पार्टीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार १२:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।