काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानादल र नेताको आलोचना हुनु स्वभाविक भएको बताएका छन् ।
दसैं, तिहार र छठ पर्वका अवसरमा शनिबार पार्टीद्वारा आयोजितचियापानमा देउवाले ठूला दल बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताए । काम गर्नुपर्यो भन्नु राम्रोकुरा भएको उनको भनाइ थियो ।
ठूला दलका सामु चुनौती खडा भएको भन्ने मान्न भने आफू तयार नरहेको उल्लेख गरे । यद्यपिआफूहरुको सकेसम्म आलोचना गर्न देउवाले आग्रह गरे । फरक प्रसंगमा उनले पार्टीभित्र मेलमिलाप छैन भन्ने सत्य नभएको उल्लेख गर्दैमेलमिलापका लागि आफू प्रयासरत रहेको उल्लेख गरे ।




















प्रतिक्रिया