काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाबारे ध्यानाकर्षण गराएका छन् । गम्भीर मानवअधिकार उलंघनका पीडितहरूको राष्ट्रिय संजालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिएको हो ।
संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरूको अपिल छ । कुनै पनि बहानाबाजी गरेर न्याय आफूहरूलाई न्याय दिने कुरामा ढिलाइ नगर्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसंघ आवासीय प्रतिनिधि हानाले पीडितहरूको मागमा राष्ट्रसंघको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताएकी छन् ।




















प्रतिक्रिया