काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस नेपालको औपचारिक भ्रमणमा छन् । उनी चारदिने भ्रमणका लागि आइतबार बिहान नेपाल आइपुगेका हुन् ।
गुटेरेसले यही कात्तिक १४ गते मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । अपराह्न ४ बजे उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा जानकारी गराएका छन् ।
सभामुख घिमिरेले त्यस दिन १५ मिनेट अगाडि नै संसद् आएर आशनग्रहण गरिसक्न सांसदहरूलाई भनेका छन् । साथै सबैलाई औपचारिक पोशाकमा उपस्थित हुनसमेत उनले निर्देशन दिएका छन् ।




















प्रतिक्रिया