Logo

अन्तर्राष्ट्रिय

इजरायल-गाजा द्वन्द्वमा टिप्पणी गरेको आरोपमा बेलायतमा सांसद निलम्बित, कर्मचारी बर्खास्त



एजेन्सी । बेलायतमा एक सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ र लेबर पार्टीका एक सांसदलाई इजरायल-गाजा द्वन्द्वमा टिप्पणी गरेकोमा निलम्बन गरिएको छ।

मन्त्रीका सहयोगीको रूपमा काम गर्ने पल ब्रिस्टोले गत हप्ता प्रधानमन्त्री ऋषि सुनकलाई पत्र लेखे र ‘स्थायी युद्धविराम’ ले जीवन बचाउने र खाँचोमा परेकाहरूलाई पुग्न मद्दत गर्ने बताए। उनको भनाइबारे बेलायतकाे प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘उनको भनाइ सामूहिक उत्तरदायित्वको सिद्धान्तसँग बाझिएको छ ।’

लेबर सांसद एन्डी म्याकडोनाल्डले प्यालेस्टाइन समर्थक र्‍यालीमा भाषणमा प्रयोग गरेको शब्दलाई लिएर निलम्बन गरिएको छ। प्यालेस्टानीहरुकाे समर्थककाे र्‍यालीमा सांसद एन्डी म्याकडोनाल्डले ‘फ्रम दि रिभर टु द सी, प्यालेस्टाइन सुड बी फ्री’ भन्ने नारा बालेकाे भन्दै उनलाई निलम्बन गरिएकाे हाे । एन्डी म्याकडोनाल्ड भने आफूले हत्या रोक्न खोजेका बताउँछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ११:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।