Logo

प्रमुख समाचार

सरकारको नेतृत्व गरिरहेको माओवादीले सडक संघर्ष चर्काउने



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्ष चर्काउने घोषणा गरेको छ । सरकारमा बसेर राज्यका नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।

गणतन्त्रका उपलब्धिहरू उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरूको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्षमा उत्रिने घोषणा गरेको हो । मंगलबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ ।

दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १२:२१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।