एमाले अध्यक्ष केपी ओलीले दलहरुबीचको सहमतिमा शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।
प्रमुख चाडपर्वका अवसरमा पार्टी मुख्यालय च्यासलमा बुधबार आयोजित चियापानमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सहमतिका साथ संक्रमणकालीन न्यायसम्बन्धी काम सक्नुपर्ने बताए ।
सर्वोच्च अदालतको आदेशअनुसार पीडितलाई न्याय दिने गरी प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन बुधबार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच छलफल भएको समेत ओलीको भनाइ थियो ।
फरक प्रसंगमा उनले आफू र प्रधानमन्त्री प्रचण्डबीचको सम्बन्ध तिक्ततापूर्ण नरहेको बताए । ‘प्रधानमन्त्री र अघि सँगै थियौं । हाम्रो चेहरा र हाउभाउ देख्नुभयो । हात हल्लाएको र मिलाएको, एकै कार्यक्रममा खुसीका साथ देख्नुभयो’, ओलीले भने ।




















प्रतिक्रिया