काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले प्रतिनिधि सभाको शून्य समयमा नबोलेरै ब्यङ्ग्य गरेका छन् ।
बिहिबारको प्रतिनिधिसभा बैठकमा विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै नबोलेरै शून्य समय व्यतित गरेका हुन् ।
सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने । तर, फेरि पनि सांसद गौतम बोलेनन् । शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ ।
नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांसदले टेबुल ठोकेर सांसद गौतमको विरोध र ब्यङ्ग्यप्रति समर्थन जनाए ।




















प्रतिक्रिया