काठमाडौं । ‘जनयुद्ध’ र जनआन्दोलनका घाइतेहरुलाई राख्न लुम्बिनीमा स्याहार केन्द्र बनाइने भएको छ ।
स्याहार केन्द्र बनाउनका लागि प्रदेश सरकारले जग्गाकाे खोजी सुरू गरिसकेको छ ।
प्रदेशस्तरीय स्याहार केन्द्र स्थापनाका लागि राप्ती गाउँपालिकाभित्रै जग्गा खोजी गरिराखिएको लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । स्याहार केन्द्रका लागि करिब २० विघा जग्गा खोजी भइरहेको छ ।
जग्गा प्राप्त हुनासाथ स्याहार केन्द्र स्थापनाको प्रक्रिया सुरू हुने उनले बताए । घाइते र उनका परिवारलाई जीवनयापनमा समस्या रहेको हुँदा उनीहरुलाई एउटै स्थानमा राखेर स्याहार गर्न केन्द्र बनाउन लागिएको उनको भनाइ छ ।
स्याहार केन्द्र स्थापना गर्न प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।




















प्रतिक्रिया