काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि केन्द्रित गराइने भएकाे छ । आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको कर्णाली मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
जसअनुसार अब बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।




















प्रतिक्रिया