काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणका अनुसार आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हाे ।
जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएकाे भूकम्पले मानवीय तथा भाैतिक जनधनमा ठूलाे क्षति पुर्याएपछि प्रधानमन्त्रीले बैठक बाेलाएका हुन् । उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्ने बताइएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले शनिबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । उनले आफू चढेर गएक हेलिकप्टर उद्धारका लागि छाडेर प्लेनमार्फत काठमाडाैं फर्कँदैछन् ।




















प्रतिक्रिया