Logo

अर्थ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २१.४६ अकंले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.३६ अकंले घटेर ३५२.३९ को बिन्दुमा पुगेर बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५० प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत, फाइनान्स समूहको १.०८ प्रतिशत, हाइड्रोपावर समूहको १.११ प्रतिशतले सेयर मुल्य ओरालो लागेको हो ।

आज नबिल बैंकको प्रोमोटर सेयरको ४ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १६:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।