काठमाडौं । युराेप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल भाेलि (मंगलबार) भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्थाबारे जानकारी लिन उनी भाेलि बिहान त्यसतर्फ जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भूकम्पपछि अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपद्को बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि उनले युरोप भ्रमण स्थगित गरेका हुन् ।
-
याे पनि…




















प्रतिक्रिया