Logo

अर्थ

नेपाल एसविआई मर्चेन्ट बैकिङ्गकाे चाडपर्व अफर सार्वजनिक



काठमाडौं । नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुटसहितका योजनाहरु सार्वजनिक गरेको छ ।

कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निस्कासनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने बताएको छ ।

जसअनुसार डिम्याट खाता नि: शुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो सेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइने छ ।

त्यस्तै, नि: शुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ ।

परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको नि : शुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने छ ।

यस्तै नि: शुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो सेयरको नविकरणमा ३५.५५ प्रतिशत छुट दिइने छ। यसैगरी, नि:शुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८०.१४ प्रतिशत छुट दिइने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १२:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।