काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी मंगलबार त्यहाँ पुगेका हुन् ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न जाजरकाेट र रुकुम जानकै लागि राष्ट्रपति पाैडेलले २० कात्तिकदेखि तय भएको युराेप भ्रमण स्थगित गरेका थिए ।
मंगलबार जाजरकोट पुगेका उनी रुकुम पश्चिम पनि जाने कार्यक्रम छ । राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत पनि भूकम्प प्रभावित क्षेत्र पुगेका छन् ।




















प्रतिक्रिया