काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । बैठक अब पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
यसअघि मंसिरको १३ देखि १५ गतेसम्म बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको उनले बताए ।
‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३ देखि १५ मा गर्ने भन्यौं । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर, तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो’, विश्वकर्माले भने, ‘अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’




















प्रतिक्रिया