काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेकाे छ ।
यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८ ५ रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया