काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पपीडित राहत कोषमा ४ करोड सहयोग जम्मा गरेका छन् ।
बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रुपमा ४ करोड १३ लाख ९८ हजार ९८८ रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘रु.चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ भूकम्प पीडित राहत कोषमा जम्मा गरि प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट।’




















प्रतिक्रिया