Logo

अर्थ

कामना सेवा विकास बैंकले लाभांश नदिने



काठमाडौं । कामना सेवा विकास बैंकले यो आर्थिक वर्ष सेयर लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ ।

बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैंकले गरेको छ ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १३:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।