विराटनगर । कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले विदेशीने युवाहरूकाे संख्या बढ्दै गएकाेप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबारको प्रदेशसभा बैठकको शून्य समयमा धारणा राख्दै वैधानिक हकलाई कानूनमार्फत कार्यान्वयन गर्न नसक्दा युवाहरू विदेशीने गरेका बताए ।
“रोजीरोटीकै लागि अधिकतम्रूपमा वैदेशिक रोजगारीमा जानेहरू बढेका छन् । र, अहिलेसम्म देशमै रहेकाहरू पनि जाने मनस्थितिमा छन् । विदेश जानेहरूको आँकडा निकै ठूलो छ’ सांसद कर्ज्याङले भने, ‘यसको कारणचाहिँ हाम्रो देशले, हाम्रो प्रदेशले उचित रोजगारी नदिएको कारणले, रोजगारी पाएकाहरूले पनि उचित पारिश्रमिक नपाएका कारणले हो । संविधानमा व्यवस्था गरिएका हकहरू कानून बनाएर कार्यान्वयन गर्न नसक्दा युवाहरू युवाहरू रोजीरोटीकै लागि विदेशीनुपरेको छ ।”
युवाहरू स्वास्थ्य र शिक्षाकै लागि पनि विदेशीने गरेकाे बताउँदै संविधानमा स्वास्थ्य तथा शिक्षाबारे व्यवस्था गरिएपनि त्यो कार्यान्वयन नहुँदा समस्या भएको उनको भनाइ थियो । “संविधानको धारा ३१ को उपधारा २ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहको शिक्षाको हक सुनिश्चित गरेको छ । त्यसैगरी धारा ३३ को उपधारा १ ले प्रत्येकलाई रोजगारीको हक सुनिश्चित गरेको छ,” सांसद शेर्पाले भने, “तर, यसको कार्यान्वयन नहुँदा समस्या भएको छ ।”




















प्रतिक्रिया